एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित
इन्द्र रिजाल
जेठ १, २०७६ बिहिबार ०:२७:३
काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित हुन पुग्यो ।
१४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । भारतका लागि गौरव विश्वनाथले ५० र परशुराम देशाईले १९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो । कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाए भने रमेश खत्रीले १५ रनको योगदान दिए ।
राउण्ड रोविनको आधारमा सञ्चाालन भएको प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । लिगको शीर्ष स्थानमा रहेका दुई टीमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार