लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार २०:१८:४१
कपिलवस्तु । लुम्बिनी भ्रमण वर्ष २०७६ आज शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी छन् ।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गरिन् ।
लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् ।
स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन भने उनले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह समेत गरेकी छन्।
बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा धन्यवाद दिदै लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरताकायम गर्दै जानुपर्ने बताइन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार