भारतमा घट्दो मुद्रास्फीति
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १६:४७:१४
एजेन्सी । भारतमा मुद्रास्फीति घटेको छ । अप्रिलमा थोक मूल्यमा आधारित मुद्रास्फीति सूचक ३ दशमलव शून्य ७ प्रतिशतमा आएको छ ।
सन् २०१८ को सोही अवधिमा यो सूचक ३ दशमलव ६२ प्रतिशत थियो । सूचक यसै वर्षको मार्चकोभन्दा कम हो । मार्चमा डब्ल्यूपीआई ३ दशमलव १८ प्रतिशत रहेको थियो । चालू आवको अहिलेसम्मको अवधिमा भने ‘बिल्ड अप’ मुद्रास्फीति शून्य दशमलव ७५ प्रतिशत रहेको छ ।
डब्ल्यूपीआई डालोमा २ तिहाई भार रहेको म्यानुफ्याक्चर्ड वस्तुहरुको मूल्यमा आएको तीव्र कमीको कारण सो अवधिमा समग्र डब्ल्यूपीआई घटेको हो ।
समीक्षा अवधिमा म्यानुफ्याक्चर्ड वस्तुको मुद्रास्फीति १ दशमलव ७ प्रतिशतमा आएको छ । यो ३० महीनायताकै न्यून हो ।
त्यस्तैगरी, पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीले पनि डब्ल्यूपीआई घटाएको हो । तर गतमहीना खाद्य वस्तुको मूल्य भने बढेर ७ दशमलव ७३ प्रतिशतको उचाईमा पुगेको छ । यो ३३ महिनायताकै उच्च हो ।
समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको चर्को वृद्धिले म्यानुफ्याक्चर्ड वस्तुको भाउमा आएको कमीको प्रभावलाई समेत उल्टाएको छ ।
भविष्यमा मुद्रास्फीतिलाई विश्व बजारमा तेलको भाउमा देखिने उतार चढाव र घरेलु बजारमा खाद्य वस्तुको मूल्यले निर्धारण गर्ने विश्लेषण गरिएको छ ।
पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेको छ भने गर्मीयाम शुरु भएसँगै घरेलु बजारमा खाद्य वस्तुको मूल्य पनि बढ्ने क्रममा रहेको छ । यसले मुद्रास्फीतिमा दबाब बढाउने निश्चित प्रायः रहेको विश्लेषकहरु बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार