मिडिया काउन्सिल विधेयकको विरोधमा १ घण्टा रोए पत्रकार
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार २०:४:२५
मोरङ। आजभोली सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिएको छ । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् ।
सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक विरोध गरेको प्रदर्शनमा सहभागी प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेलले बताए ।
नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको रुने कार्यक्रममा सहभागी पत्रकारले डाको छाडेर १ घण्टासम्म रोएका थिए ।
पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि नै धावा बोलेर सरकारले नियन्त्रण गर्न खोेजेको भन्दै अध्यक्ष लुइटेलले भने, ‘विधेयक पारित भए, पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना हुनेछ ।’
सरकारले सञ्चार माध्यमलाई नियमन गर्ने भन्दै ल्याएको मिडिया काउन्सिल विधेयक नियमनका लागि नभई नियन्त्रण मुखी हुने आन्दोलनरत पत्रकारको आरोप छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार