बैंकहरुले निक्षेपमा छलाङ मार्दा, पूँजी बजारमा ‘रेड सिग्नल’
इन्द्र रिजाल
जेठ ६, २०७६ मंगलबार १:३४:५०
काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्ममा बैंकहरुले गत वर्षभन्दा बढी निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलब ६ प्रतिशतले बढेको हाे । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलब १ प्रतिशतले बढेको थियो ।
सरकारले पूँजीगत खर्च गर्न नसकेको, विगतमाभन्दा लामो समयसम्म रहेको तरलता अभाव, समग्रमा सिमित बजारमा अधिक बैंक तथा वित्तिय संस्थाहरुको प्रतिस्पर्धाकाबीच २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा छलाङ मारेका छन् भन्दा पनि हुन्छ । निक्षेप वार्षिक बिन्दुगत आधारमा १९ दशमलब ८ प्रतिशतले बढेको छ । २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलब ६ प्रतिशत, ३३ दशमलब ६ प्रतिशत र ४७ दशमलब ३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ दशमलब ७ प्रतिशत, ३५ दशमलब ८ प्रतिशत र ४४ दशमलब ९ प्रतिशत रहेको थियो । २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलब २ प्रतिशत रहेको छ ।
२०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३ दशमलब ८ प्रतिशत रहेको थियो । कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलब ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६दशमलब ९ प्रतिशतले बढेको थियो ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १५ दशमलब १ प्रतिशतले, विकास बैंकहरुको २८ दशमलब ६ प्रतिशतले र वित्त कम्पनीहरुको १४ दशमलब ८ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२ दशमलब १ प्रतिशतले बढेको छ । २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलब१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७४ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलब ४ प्रतिशत र १४ दशमलब ८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २४ दशमलब ७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३ दशमलब १ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २१ दशमलब १ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९ दशमलब २ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २ दशमलब ३ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७ दशमलब ४ प्रतिशतले बढेको छ ।
तरलता व्यवस्थापन आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी कुल एक खर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २० अर्ब ७० करोड तरलता प्रशोचन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३० अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो ।समीक्षा अवधिमा खुला बजार कारोबार अन्तर्गत रिपोमार्पmत्पटक–पटक गरी कुल ३९ अर्ब ५३ करोड तरलता प्रवाह गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ९८ अर्ब ९२ करोड तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब ७२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ८६ करोड यस्तो सुविधा उपयोग भएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर दुई अर्ब २१ करोड खूद खरिद गरी दुई खर्ब ५२ अर्ब २२ करोड खूद तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १८ करोड खूद खरिद गरी तीन खर्ब २७ अर्ब ८९ करोड खूद तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब १६ करोड, यूरो चार करोड ९० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड, जापानी येन २२ अर्ब र चिनीयाँ युआन २० करोड बिक्री गरी तीन खर्ब ९३ अर्ब ७७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ६६ करोड र यूरो ४ करोड बिक्री गरी तीन खर्ब ८२ अर्ब ४७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
पुनर्कर्जा
उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ ।
२०७५ चैत मसान्तसम्ममा यस बैंकको २३ अर्ब ६ करोड पुनर्कर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनकर्जा १८ अर्ब ९७ करोड र निर्यात पुनर्कर्जा एक अर्ब ४९ करोड उपयोग भएको छ ।
भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुर्नकर्जाको बक्यौता २०७५ चैत मसान्तमा दुई अर्ब ५८ करोड रहेको छ ।
यस्तो कर्जा १५७७ जना ऋणीले उपयोग गरेका छन् । २०७५ चैत मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा चौध हजार ६३९ जना ऋणीले उपयोग गरेका छन्। यस अन्तर्गत २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बक्यौता रहेकोछ ।
अन्तरबैंक कारोबार
आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा वाणिज्य बैंकहरुले ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः आठ खर्ब ८२ अर्ब ८७ करोड र २७ अर्ब ४१ करोड कारोबार गरेका थिए ।
ब्याजदर २०७४ चैतमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४दशमलब ९८ प्रतिशत रहेकोमा २०७५ चैतमा ४ दशमलब ४४ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ चैतको ४ दसमलव १२ प्रतिशतको तुलनामा २०७५ चैतमा ५ दशमलब २८ प्रतिशत कायम भएको छ ।
त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार दर २०७४ चैतको १० दशमलब ४० प्रतिशतको तुलनामा २०७५ चैतमा ९ दशमलब ६४ प्रतिशत कायम भएको छ । २०७५ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलब ६७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६दशमलब ६४ प्रतिशत र १२ दशमलब १० प्रतिशत रहेका थिए ।
मर्जर तथा प्राप्ति वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७५ चैत मसान्तसम्म कुल एकसय ६५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये एकसय २३ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।
वित्तीय पहुँच सात सय ५३ स्थानीय तहमध्ये २०७६ बैशाखसम्म सात सय २५ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन । यस अनुसार २०७५ चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा छ हजार ६५१ रहेकोमा २०७५ चैत मसान्तमा आठ हजार २०५ पुगेको छ ।
पूँजी बजारमा ‘रेड सिग्नल’
२०७४ चैत मसान्तसम्म पनि पूँजी बजारमा खासै जोश देखिएन । लगानीर्ताहरु पर्ख र हेर कै अवस्थामा रहे । जसमा अर्थमन्त्रीले पूँजी बजार प्रति देखाएको उदारता पनि एक रह्यो । पूँजी बजारका लगनीकर्ताहरुलाई उत्साह भर्न नसक्दा बजारमा ‘रेड सिग्नल’ जारी नै रह्यो । गत चालु आ.व को चैत मसान्तमा १२७७ दशमलब ६ विन्दु रहेको नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ७ दशमलब ३ प्रतिशतले ह्रास आई २०७५ चैत मसान्तमा ११८४ दशमलव ० विन्दुमा सीमित भएको छ ।
२०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२१२ दशमलब ४ विन्दु रहेको थियो । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २दशमलब ४ प्रतिशतले ह्रास आई २०७५ चैत मसान्तमा १४ खर्ब ६२ अर्ब ५१ करोड कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ चैत मसान्तमा २३ दशमलब २ प्रतिशतले ह्रास भएको थियो ।
समीक्षा अवधिमा बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२दशमलब २ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४९दशमलब ४ प्रतिशत रहेको थियो ।
र याे पनि… नेपालको शेयर बजारमा आरोह, अवरोह : २०७५ सालमा बजार परिसूचक शिथिल !
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ चैत मसान्तमा २०७ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एकसय ५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २६ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा चार खर्ब सात अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा २३ अर्ब ६० करोड बराबरको साधारण शेयर, आठ अर्ब ५९ करोड बराबरको हकप्रद शेयर, १५ अर्ब ०२ करोड बराबरको बोनस शेयर र ३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार