पाँचथर हत्या प्रकरणः रुखमा भेटियो झुण्डिएको शव,सीआईबीले अनुसन्धान गर्दै
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १८:४९:१३
पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए ।
उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलमा रहेका छन् ।
माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।
अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली त्यसतर्फ गइसकेको छ ।
तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ
हत्या प्रकरण रहस्यमय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार