७ वर्षमा ५५% लाभांस प्रक्षेपण सहित सिटिजन्स म्युचुअल फण्ड २ को आज सार्वजनिक निष्काशन
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १७:४३:२९
काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड २ ले आजदेखि दश करोड इकाई निष्काशन गरेको छ।
फण्डले दश करोड इकाईमध्ये एक करोड ५० लाख योजना व्यवस्थापकको लागि सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरेको हो।
सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको यो दोस्रो म्युचुल फण्ड हो। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम दुई करोड इकाइसम्मको लागि आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा जेठ १३ गतेसम्म निष्काशन बन्द गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म निष्काशन गर्नेछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने छन्। मेरो शेयरमा खाता खोलेकाहरुले आफैले अनलाइनबाट आवदेन दिन सक्छन्।
यस फण्डको योजना अवधि ७ वर्षको रहनेछ। फण्डले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको शेयरमा ८६ प्रतिशतसम्म लगानी गर्न पाउनेछ। त्यस्तै सरकारी स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका कुनै पनि संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र ट्रेजरी विल तथा बैंक निक्षेपमा १४ प्रतिशतसम्म लगानी गर्न सक्नेछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ। फण्डले सात वर्षको अवधि ५५ % सम्म लाभांस दिन सक्ने प्रक्षेपण गरेको छ। फण्डले सार्वजनिक गरेको प्रक्षेपण अनुसार दोस्रो वर्षेदेखि छैठौ वर्षसम्म लगातार लाभांस दिन सकिने जनाएको छ।
गएको तीन वर्षदेखि शेयर बजार घट्दो क्रममा रहदा अधिकांस म्युचुअल फण्डले नोक्सान बेहोर्नु परे पनि आगामी दिनमा शेयर बजार बढ्दो क्रममा रहेने प्रक्षेपणले गर्दा फण्डहरुले राम्रो मुनाफा दिन सक्ने देखिन्छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार