चुनावी मतगणनाको बढ्दो माहोलले घरेलु शेयर बजारमा भारी बृद्धि
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १९:७:५१
एजेन्सी । लोकसभा चुनावको मतगणना सुरु भएसँगै भाजपाको बढ्दो माहोलले घरेलु शेयर बजारमा भारी बृद्धि भएको छ ।
शुरुआती कारोबारमा बीएसईको सेन्सेक्स ५३२ अंकले बढेर ३९६४३ स्तरमा कारोबार भइरहेको छ । यही दौरान यसले ४०००० को स्तर छोएको छ ।
जुन एक नयाँ रेकर्ड हो। अहिले सेन्सेक्समा ९०९ अंकको बढोत्तरी भएको छ । निफ्टीले समेत आजको कारोबारको समयमा १२००० को स्तर छोएको छ । अहिले यसमा २७१ अंक या २.३१ प्रतिशत बढी भएको छ ।
सीएनआई रिसर्चका अध्यक्ष किशोर ओस्तवालले भने जुन हिसाबले लोकसभा चुनावको मतगणनामा भाजपालाई बहुमत मिल्ने आशंका गरिएको छ । एनएसइको निफ्टीको आजको कारोबारको दौरान १२००० को स्तर पार गरी १२२०० को स्तरमा आउन सक्दछ । उनले भने कि सेन्सेक्स समेत आज २००००को स्तर पार गर्न सक्छ ।
लोकसभा चुनावलाई लिएर आइतबार आएको एक्जिट पोलको नतिजापछि फेरि नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने सम्भावनाले सोमबार भारतीय सेयर बजारमा ठूलो बृद्धि भएको थियो । मजबुत सरकार बन्ने सम्भावनाका कारण खुशी भएको सेयर बजार १४ सय अंकले माथि गएको छ।
सोमबार बम्बे स्टक एक्सचेन्ज बीएसईको ३० सेयर रहेको प्रमुख इण्डेक्स सेन्सेक्स दिउँसो ३ बजेसम्म ३९ हजार २८६ सम्म पुगेको थियो। त्यस्तै नेशनल स्टक इन्डेक्स ९एनएसई०को ५० शेयरवाला प्रमुख इण्डेक्स निफ्टी ३९५ अंक बृद्धि भएर ११,८०२ को स्तरमा पुगेको छ।
जानकारहरुका अनुसार सेन्सेक्स र निफ्टीमा देखिएको यो बृद्धि १० वर्षकै सबैभन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अघिल्ला केही दिनसम्म शेयर बजारमा २ देखि ३ प्रतिशतको बृद्धि भइरहने आकलन गरिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार