राट्र बैंक भन्छ : अझै २८ स्थानीय तहमा वाणिज्य बैंक पुगेकै छैन ?
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार २३:०:१०
काठमाडौं । देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् ।
सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पु¥याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कूल २८ वटा वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ ।
नेपालको संविधानले सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । स्थानीय सरकार नै जनतासँग जोडिने बलियो सरकार भएकाले पनि वित्तीय पहुँच जरुरी रहेको भन्दै धमाधम बैंकका शाखा खोल्न अभिप्रेरित गरिएको हो ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको नौ महीनाको अन्त्यसम्म १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन् । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये कूल १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा बैंकको शाखा पु¥याउने योजना केन्द्रीय बैंकको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं ३ का कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ ।
गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । प्रदेश नं ५ को भने कूल १०९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन् । सबै स्थानीय तहमा बैंकको शाखा पु¥याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ । आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कूल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ ।
त्यस्तै सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पु¥याउने लक्ष्य राखिएको छ ।
राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन् । यस्तै विकास बैंक एक हजार २२४, वित्त कम्पनी २०३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४६९ शाखा सञ्चालनमा रहेका छन् । सबैं बैंक तथा वित्तीय संस्थाका गरी कूल आठ हजार २०५ शाखा सञ्चालनमा छन् । यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार