मेगा बैंकको डेबिट र क्रेडिट कार्ड छ ? पाउनुहोस् १ सय ६० देशमा १० प्रतिशत छुट
इन्द्र रिजाल
जेठ १०, २०७६ शनिबार ०:२८:४
काठमाडौं । मेगा बैंक लिमिटेडका ग्राहकले कतार एयरवेजमा सवार गर्दा छुट पाउने भएका छन् । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ। यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ।
कतार एयरवेजको काठमाडौंको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन्। यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ।
मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ।
यो सम्झौताबाट बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार