कर्णालीका नागरिकलाई शेयर कारोबार गर्न अझै सहज
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार २०:३६:१५
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो । कार्यालय खुलेसँगै कर्णालीका नागरिकलाई शेयर कारोबार गर्न अझै सहज भएको छ ।
त्यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताए ।
“कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो”, उनले भने, “यहाँका जलविद्युत् आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।” इम्पेरियल सेक्युरिटीजले यसअघि नेपालगञ्जबाट शेयर कारोबार गर्दै आएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार