चालु आवमा मध्यपुरथिमीको आम्दानी ९१ करोड ७४ लाख
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार १३:८:५०
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ ।
निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७.७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताए ।
नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट रु ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट रु ७९ करोड ९७ लाख ९८ हजार आम्दानी गरेको उनले जानकारी दिए ।
नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ रु २५ करोडको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले असार समान्तसम्म रु २२ करोड पु¥याउने गरी काम भइरहेको बताए ।
नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र खर्च गरेको छ । चालू खर्चतर्फ रु २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने रु १८ करोड २२ लाख २५ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख श्रेष्ठले करीब रु ५२ करोड पूँजीगत खर्च भइसके पनि फस्र्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने बताए ।
नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिए ।
त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका अमूर्त मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश नं ३ सरकारबाट रु एक करोड प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार