निजी लगानीमा बुद्ध भोली कोलकत्ता जाँदै, तयारी पुरा
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार २०:४०:४८
काठमाडौं । निजी लगानीमा बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ । उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सुरुमा साताको तीन उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान आठ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्दैछ । कोलकातामा बुद्धले एटिआर ७२ जहाज उडाउँदै छ । कोलकातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछन् ।
गुवाहटीमा पनि उडाउने तयारी
बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्य गुवाहाटी बनाउने भएको छ । यस गन्तव्यमा भारतबाट सैद्धान्तिक सहमति दिइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिए ।
भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने तयारी कम्पनीको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार