हाइड्रोका लगानीकर्ता फेरि निरास, साताको पहिलो दिन ‘रेड सिग्नल’
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार २३:१९:५३
काठमाडौं । साताको पहिलो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रु ६२ करोड ६२ लाख एक हजार ६६६ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेडको रु चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्ट रु चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर रु दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भए ।
ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन डिस्टिलरी ७.९० । त्यसै गरी हाइड्रोका लगानीकर्ताहरू निरास हुनुपरेकाे छ । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रो पावर ९.७५, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार