सन्दर्भ :- गणतन्त्र दिवस – शासन फेरियो ,प्रवृत्ति दोहरियो
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार २३:३६:३४
मुलुक गणतान्त्रिक आवरणमा फेरिएको १२ वर्ष पूरा भएछ । ०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो वैठकले २३८ वर्षीय पुरानो शाहवंशको जरो उखेल्दै गणतन्त्र नेपालमा रुपान्तरण गरी दियो ।
गणतन्त्र आएपछि त चमत्कारै हुुन्छ भन्ने आम जनताको आकांक्षा थियो । तर यस अवधिमा भए गरेका कामले जनता नै शासनसत्ताको मालिक भन्ने कुनै छनक मिलेन । बरु गणतन्त्र नेपालले राजा–महाराजालाई लखेटेर त्यो स्थान आफूले ओगट्ने दाउका रुपमा बुझ्ने अवस्था आयो । गोरखाका राजा पृथ्वीनारायण शाहले स्थापना गरेको आधुनिक नेपालको संरचना त फेरिएको छ , तर शासक बर्गको सोच र शैली भने उस्तै छ । बरु अझै कडा पो देखिन्छ । साथै नयाँ खाले समस्या र विकृति थपिएका छन् ।
जननिर्वाचित सरकारलाई “मेरो सरकार” भनेर शाही शासनको झल्को दिने गरिएको छ । उनको सवारी चल्दा सर्वसाधारणले घण्टौं बाटो कुर्नुपर्छ । विदेश जानु पर्दा पनि अकाशमा समेत सर्वसाधारण यात्रुले फन्को मार्ने वा डाइभर्ट गर्नुपर्ने बाध्यता रहेको छ । के यसैका लागि हामीले गणतन्त्र ल्याएको हो ? दशौं हजार नेपालीको बलिदान विद्यादेवीलाई राष्ट्रपतिको कुर्सीका राख्नका लागि मात्र हो ? प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै गणतन्त्र नेपालमा राष्ट्रपतिलाई अघि सारेर साम्यवाद स्थापनामा अग्रसर भएका त होइनन् ?
गणतन्त्रको मुद्धा नेपाली कांग्रेस स्थापना भएसँगै उठेको हो । राजा त्रिभुवनकै प्रस्तावमा कांग्रेसले यो अभियान थालेको थियो । ००७ सालमा प्रजातन्त्र स्थापना भएसँगै गणतन्त्रको मुद्धा पनि ओझेलमा प¥यो । यसैक्रममा ०१७ साल पुस १ गते राजनीतिले नयाँ मोड लियो । राजा महेन्द्रले बहुदलीय प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकार अपदस्थ गरी एकदलीय पञ्चायती व्यवस्था लागू गरे । अनि गणतन्त्रको मुद्धा त्यसै सेलाएर गयो ।
लामो अन्तरालपछि ०५२ सालमा माओवादी सशस्त्र आन्दोलनसँगै फेरि गणतन्त्रको मुद्धाले महत्व पायो । ०५९ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्ने अभिरुचि देखाएपछि सेलाइसकेको गणतन्त्रको मुद्धा एकाएक सतहमा आयो । नेपाली कांग्रेस , एमालेलगायत सात राजनीतिक दल र विद्रोही माओवादीबीच गणतन्त्र स्थापनाको मुद्धामा सहमति भएपछिको दोस्रो जनआन्दोलनले राजतन्त्रको जग भत्काइदियो । आन्दोलन सफल भएपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ ।
नेपालमा गणतन्त्र ल्याउनका लागि करिब १७ हजार नेपालीको रगत बगेको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा यतिका मानिसले ज्यान गुमाउनु प¥यो । अहिले गणतन्त्र आएको छ । राजा छैनन् अहिले मुलुकमा । जनताको शासन स्थापना भएको भनिएको छ । शाहवंशले राजपाठ जनताको नासो भन्दै बुझाइसकेको छ । उनको स्थानमा अहिले राष्ट्रपतिको पदावली थपिएको छ ।
नेपाली जनताले सर्वाेच्च पद राष्ट्रपति पाएको छ । त्यो पदमा अहिले जनताकी छोरी महामहिम विद्यादेवी भण्डारी आसिन भएकी छन् । तर भण्डारीको पछिल्लो कार्यशैली चाहिं पूर्व राजा ज्ञानेन्द्र भन्दा चर्काे छ । नयाँ महारानीको स्वरुपमा गणतन्त्र नेपालले विद्यादेवीलाई व्यहोर्नु परेको छ । उनको संसदमा प्रवेश हुदाँ लावा लस्करसहित बग्गीमा सवारी हुनेगर्छ । त्यस्तो दृश्य विगतमा राजा–महाराजाले समेत देखाएनन् ।
महामहिम राष्ट्रपतिको बोल्ने शैली र चाला शाही अन्दाजमा हुने गर्छ । जननिर्वाचित सरकारलाई “मेरो सरकार” भनेर शाही शासनको झल्को दिने गरिएको छ । उनको सवारी चल्दा सर्वसाधारणले घण्टौं बाटो कुर्नुपर्छ । विदेश जानु पर्दा पनि अकाशमा समेत सर्वसाधारण यात्रुले फन्को मार्ने वा डाइभर्ट गर्नुपर्ने बाध्यता रहेको छ । के यसैका लागि हामीले गणतन्त्र ल्याएको हो ? दशौं हजार नेपालीको बलिदान विद्यादेवीलाई राष्ट्रपतिको कुर्सीका राख्नका लागि मात्र हो ? प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै गणतन्त्र नेपालमा राष्ट्रपतिलाई अघि सारेर साम्यवाद स्थापनामा अग्रसर भएका त होइनन् ? यस्ता कैयन प्रश्न उठेका छन् ।
गणतन्त्र स्थापना त गरियो , तर यसमा नेपाली जनताको भावना बुझ्ने काम भएन । ज्ञानेन्द्र शाहको कार्यशैलीप्रतिको असहमति नै गणतन्त्र स्थापनाको आधार बनाए, ठूला राजनीतिक दलहरुले । शाही सरकार स्थापना गरी एकलौटी हिंडेका ज्ञानेन्द्रले जनभावना बुझ्न नसकेकै हो, त्यतिखेर । उनले ०५९ माघ १९ मा सरकार अपदस्थ गरेपछि सात राजनीतिक दलले आह्वान गरेको आन्दोलन रत्नपार्कमा सीमित भएको थियो । दलका नेता र आफन्तको कार्यशैलीप्रति आम जनता रुष्ट थिए ।
त्यसैले ज्ञानेन्द्रले सत्ता हत्याउँदा पनि मौन बसी दिए । जनताको मौन स्वीकृतिलाई राजाले आफू अनुकुल बुझें । र , पञ्चायतकालमा असफल भईसकेका थोत्रा मानिसलाई ल्याएर महत्वपूर्ण जिम्मेवारी दिए । साथै जनताको सुसूचित हुने अधिकार कुण्ठित गर्ने मनसायले सञ्चारमाध्यममा आतंक मच्चाउन थाले । यही भूलले गर्दा पत्रकार जगत सडकमा ओर्लियो । त्यसैको बलमा सल्किएको आन्दोलनमा माओवादी पक्षसमेत समाहित भएपछि ज्ञानेन्द्रले घुँडा टेक्नु परेको थियो । त्यसैले गर्दा देशमा गणतन्त्र स्थापना भयो ।
गणतन्त्र आएको अनुभूति अहिले केवल ओली सरकारका आसेपासे र महामहिम विद्यादेवी भण्डारीलाई मात्र । बिगतमा कांग्रेस,मधेशवादी दल तथा माओवादीका नेतागण र तिनका आसेपासेलाई मात्र । आम जनतालाई परिर्वतनको कुनै सुखानिभुत हुन सकेको छैन । जनताको दुखजिलो हिजो भन्दा आज झन बढेको छ , घटेको छैन् ।
ज्ञानेन्द्र शाहले गरेको गल्ती कमजोरीलाई आधार बनाएर लहड र आक्रोशकै कारण नेकपा माओवादीसहित सात राजनीतिक दलले एकपक्षीय रुपमा गणतन्त्र घोषणा गरिदिए । यस्तो दूरगामी महत्वको मुद्धामा नेताहरुले जनमत लिने आवश्यकता बोध गरेनन् । साथै संघीयता र धर्मनिरपेक्षता जस्तो संवेदनशील मुद्धालाई पनि बलात् लाद्ने काम भयो । जनताको चाहना र भावनाको कदर गर्दै जनमत संग्रह गरेर मात्र यस्तो गहन निर्णय नलिएकै कारण आज हामीले नयाँ राजतन्त्र बेहोर्नु परेको छ । गणतन्त्र स्थापना भएपछिका पहिलो राष्ट्रपति डा. रामवरण यादवले जनताको मन छुने काम गर्न चासो देखाएनन् । तर महामहिम विद्यादेवीले पनि त्यस्तो कुनै भान दिएको आभास भएन ।
शासन फेरियो , तर सोच र शैली फेरिएन – अहिले अधिकांश नेपालीको गुनासो यही हो । गणतन्त्रले केवल राजाको अस्तित्व नामेट ग¥यो । राजाको ठाउँमा राष्ट्रपति आएका छन । शासन शैली र व्यवहार भने अझैं पुरातनी नै छ । राष्ट्रपति पदमा आसिन महामहिम विद्यादेवी देशको राष्ट्रपति बन्न सकिनन् । उनी एमाले पार्टीको घेराभित्र मात्र रमाउने काम भएको छ । उनलाई एक कार्यकालले नपुगेर दोस्रो पटक पनि राष्ट्रपतिका रुपमा आसिन गराइएको छ । आलंकारिक राष्ट्रपति दुई कार्यकाल दिने चलन संसारमा कहीं कतै भएको जानकारी छैन । तर केपी ओलीले बलपूर्वक यो निर्णय गराएर नेपालमा नयाँ परिभाषा दिने प्रयास गरेका छन् ।
आउने वुधबार हामी फेरि पनि गणतन्त्र दिवस भव्यतापूर्वक मनाउने तयारी गरिरहेका छौं । सरकारले यसको तयारी तामझामका साथ गरिरहेको छ । तर नेपाली जनतालाई भने यसले छोएको छैन । गणतन्त्र आएको अनुभूति अहिले केवल ओली सरकारका आसेपासे र महामहिम विद्यादेवी भण्डारीलाई मात्र । बिगतमा कांग्रेस,मधेशवादी दल तथा माओवादीका नेतागण र तिनका आसेपासेलाई मात्र । आम जनतालाई परिर्वतनको कुनै सुखानिभुत हुन सकेको छैन । जनताको दुखजिलो हिजो भन्दा आज झन बढेको छ , घटेको छैन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार