वडाध्यक्ष नै कुटपिट र लुटपाटमा सम्लग्न !
इन्द्र रिजाल
जेठ १३, २०७६ सोमबार १९:७:४५
काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।
जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित आठ/१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ ।
प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।
वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।
साथै उनीसँगै आएका उदय रायले इँटा उठाएर ज्यानै मार्ने प्रयाससमेत गरेको उनीहरुले बताएका छन् । अनुहार, टाउको, छाती र शरीरको अन्य भागमा चोट लागेर गम्भीर घाइते भएका वासुकीलाई जिल्ला अस्पताल जलेश्वरमा सामान्य उपचार पश्चात थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
वासुकी चौधरीलाई एक्कासि वडाध्यक्ष र उनका साथी आएर मरणासन्न हुनेगरी कुटपिट गरिरहेको देखेर स्थानीयवासीले उनीहरुलाई घेरा हाली समातेका थिए र सबैलाई नियन्त्रणमा लिएर उदय चौधरीलाई एउटा रुखमा बाँधेर राखेका थिए ।
नियन्त्रणमा लिइएका वडाध्यक्ष तथा उनका साथीलाई प्रहरीचौकी पर्सापतैलीका प्रहरी सहायक निरीक्षक श्याम सिंहले घटनास्थलबाट भगाएको स्थानीवासीले आरोप लगाएका छन् । तर प्रहरीले वासुकीलाई इँटाले हिर्काउन लागेका उदय रायलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
यसै घटनाबारे जलेश्वरनाथ एफएममा कार्यरत पत्रकार नवीन चौधरीले महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सो गाउँमा ठूलो दुर्घटना हुन लागेकाले प्रहरी पठाई अवस्था सामान्य गराइदिनुस् भनी जानकारी गराउँदा वडाध्यक्ष राउत र उनका साथीले पत्रकार चौधरीलाई ज्यान मार्ने धम्कीसमेत दिएको स्थानीयवासी गोपाल कापर र रासोदेवीले बताए ।
प्रहरी सहायक निरीक्षक सिंहले घटनास्थलबाट वडाध्यक्ष राउत र उनका साथीलाई उम्काइदिएपछि वडा कार्यालयतिर आउँदै गरेका उनीहरुले विपरीत दिशाबाट जाँदै गरेका मटिहानी नपा–९ स्थित बहुअर्बा चोकमा शिव टे«डर्स सञ्चालन गर्दै आएका जलेश्वर–५ बस्ने सीतानन्दन राय र उनका साथी राम एकवाल कापरलाई पर्सा मावि नजिकै रोकेर दुवै जनालाई कुटपिट गर्दै घाइते बनाएर रायको साथमा रहेको रु दुई लाखसमेत लुटेको उनका बुबा राघवेन्द्र रायले जिल्ला प्रहरी कार्यालयमा आएर प्रहरी नायब उपरीक्षक समक्ष जानकारी दिएका छन् ।
कुटपिट गरी घाइते बनाइएका राय पनि उपचारका लागि अस्पताल पुगेका छन् भने उनका साथी राम एकवाल कापर ज्यान जोगाएर गाउँतिरै भागेको स्थानीय नेता धमेन्द्र रायले बताए ।
सोही घटनाका क्रममा शशिकान्त चौधरी, जगदीश कापर लगायतका व्यक्ति पनि सामान्य चोटपटक लागेर उपचारका लागि जलेश्वर अस्पताल पुगेका छन् ।
अहिले जलेश्वर नगरपालिका–५ को अवस्था तनावग्रस्त छ भने त्यहाँ व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । यता वडाध्यक्ष र उनका साथी अहिले घटनास्थल तथा गाउँमा नरहेको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार