आर्थिक वर्ष : ६८५ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा !
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १३:२९:१३
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५÷७६ कोे फागुनसम्म ६८५ स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको जनाएको छ ।
संसद्मा आज आव २०७५÷७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै ४३६ गाउँपालिका र २४९ नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उल्लेख गरिएको छ ।
कूल ७५३ स्थानीय तहमध्ये अब ६८ स्थानीय तह मात्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन् । यस्तै ७७ जिल्लामध्ये ६३ जिल्ला र तीन प्रदेश खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको सर्वेक्षणमा उल्लेख छ । सरकारले सबै नागरिकलाई आधारभूतस्तरको सरसफाइ सुविधामा पहुँच सुनिश्चित गरी खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ ।
सरकारले सरसफाइ अभियानलाई देशभरिनै सामाजिक आन्दोलनका रुपमा अगाडि बढाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी आव २०७५÷७६ कोे फागुनसम्म कूल जनसङ्ख्याको ८८ प्रतिशत मानिसले आधारभूत खानेपानीको सेवामा पहुँच पुगेको छ । यस्तै आधारभूत सरसफाइ सेवामा कूल जनसङ्ख्याको ९९ प्रतिशत र उच्चमध्यस्तरको खानेपानी सेवाबाट कूल जनसङ्ख्याको २० प्रतिशत मात्र लाभान्वित भएको जनाइएको छ ।
सबैलाई आधारभूत खानेपानीको सेवा पु¥याउने र उच्च मध्यस्तरको खानेपानी सेवा पु¥याउने चुनौती भने कायमै रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणमा काठमाडाँै उपत्यका बाहेकका २३ शहरमा खानेपानी सेवा प्रदान गर्दै आएको नेपाल खानेपानी संस्थानले यस आवदेखि काभ्रेपलाञ्चोकको बनेपामा मिनरल वाटर प्लान्टको स्थापना गरी व्यावसायिक उत्पादनसमेत गर्दै आएको छ ।
आव २०७५÷७६को फागुनसम्ममा १५ स्थानमा वर्षातको पानी सङ्कलनमा आधारित प्रविधि जडान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस्तै ललितपुर महानगरपालिका परिसरमा वाटर एटिएम पँधेरो जडान गरिएको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार