धरहरा पुनर्निर्माणको काम सन्तोषजनक गतिमा : सुशील ज्ञवाली
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १८:३७:१
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिएका छन् ।
निर्माणस्थल अवलोकन गर्दै उनले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताए। प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि धेरै फाइदा स्थानीय समुदायलाई नै हुने भएकाले काममा उनीहरूको सहयोगको अपेक्षा गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेख गरे ।
धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ को पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले निर्माण तालिकाअनुसार नै काम अघि बढेको र निर्माणका क्रममा स्थानीय समुदायबाट सहयोग प्राप्त भए काम गर्न अझै सहज हुने बताए ।
फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना महत्वपूर्ण मानिन्छ । टावरको भार करीब १०० टन हुने जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ
पुष २१, २०८१ आइतबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार