नेपाल रेडक्रसमा नयाँ तदर्थ समिति :- रेडक्रस कानुन उच्च प्राथमिकता
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार २०:१५:२१
काठमाडौं । डा. विश्वकेशर मास्केको अध्यक्षतामा गठित नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।
गठनको एक हप्ताभित्रै कार्यसमितिको पहिलो वैठक गत आइतबार अवेरसम्म बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको मस्यौदा तयार गर्न नागरिक समाजका अगुवा डा. गौरीशंकर लालदासको नेतृत्वमा ९ सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा अरुण खनाल, लोकराज ढकाल, अशोक श्रेष्ठ, कृष्णहरि वाग्ले, कृष्णगोपाल लागेजू, जीवन राना, तीर्थराज वन्त र विष्णुहरि देवकोटा रहेका छन् ।
“नेपाल सरकार र सबै पक्षको विश्वास जिती नेपाल सरकारको तर्फबाट प्राप्त कार्य विवरण अनुसारका काम नै हाम्रा प्राथमिकता हुन्” महामन्त्री कमल प्रसाद निरौलाले बताए ।
रिट निवेदन फिर्ता
तदर्थ समितिको पहिलो बैठकले विघठित पुरानो कार्यसमितिको समयमा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट २०७६ वैशाख २४ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको औचित्य समाप्त भएको सन्देश दिएको छ । कल्याणकारी मानवीय तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा अग्रस्थानमा रही काम गर्नुपर्ने संस्थाको महाधिवेशन र निर्वाचन समयमा हुन नसकेको परिस्थितिमा संस्थाको छवि धुमिल हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ तदर्थ समिति गठन गरेसँगै सर्वोच्च अदालतमा मुद्धा फिर्ता गर्न महामन्त्रीलाई अख्तियार दिने निर्णय पश्चात मुद्धा फिर्ताको निवेदन दिइएको छ ।
नयाँ समितिलाई ८ वटा मूल कार्यविवरण
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रसको विधान, प्रचलितत कानुन र संस्थाको मर्यादाभित्र रही एक बर्षभित्र ८ वटा मूल जिम्मेवारी दिएको छ । कार्यविवरणमा नवीकरण भएका सदस्यहरुको छानविन तथा सदस्यता नविकरण, नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति लगायत विभिन्न तहको निर्वाचन, नेपाल रेडक्रसको सञ्चालन सम्बन्धी कानुनको मस्यौदाको ३ महिनाभित्र तयारी, दैनिक कार्यसञ्चालन र नेपाल सरकार लगायत दातृ निकायहरुसँगको सम्बन्ध सुमधुर बनाउने कुराहरु उल्लेख भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।
नयाँ तदर्थ कार्यसमितिको उपाध्यक्षमा बर्दियाका कृष्ण गौतम, महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला रहेका छन् । यसैगरी सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरूण खनाल, चितवनका तीर्थराज घिमिरे र कैलालीका जीवन राना रहेका छन् ।
पहिलो वैठकबाट रणनीति तय
नेपाल सरकारको तर्फबाट प्राप्त कार्यविवरण अनुसार गरिने कार्यलाई मुख्य प्राथमिकतामा राख्दै आगामी एक वर्षभित्र बनेपामा रहेको राष्ट्रिय प्रशिक्षण केन्द्र, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, जानकी आँखा अस्पताल, सुर्खेत आँखा अस्पताल, जुनियर तथा युवा र लैँगिक विकासका क्षेत्रका कामहरुको स्तरोन्नती गर्ने पहिलो वैठकले निर्णय गरेको छ ।
सबैको मुहारमा मुस्कान छ :- नवनियुक्त अध्यक्ष मास्के
नबनियुक्त नेरेसोका अध्यक्ष प्रा.डा. विश्वकेशर मास्केले संस्थाको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएपश्चात नयाँ आशा र उमँग देखिएको बताए । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का प्रतिनिधिहरु तथा उच्च पदस्थ कर्मचारीहरुलाई सम्बोधन गर्दै मासकेले भने : रेडक्रसको छविलाई अझ उचाइमा पुर्याउन सबैपक्षको सहयोग पाउने कुरामा म विश्वस्त छु । रेडक्रसले अब अझ राम्रो काम गर्ने आशा सबै क्षेत्रमा आएकोले नै मुस्कान छाएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार