आज उपत्यकासहित पहाडी भागमा साँझपख पानी पर्ने सम्भावना !
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १३:३४:४१
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको विभागले जनाएको छ । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो ।
जारी मिति : जेष्ठ १६ गते (विहिबार), विहान ६:०० बजे
जेष्ठ १६ गते (विहिबार):
दिउँसो: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदलि, मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशका पूर्वी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भु-भाग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १७ गते (शुक्रबार):
दिउँसो: देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदलि, पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशका पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, मध्य तराईका भु-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १८ गते (शनिबार):
दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागहरुमा सामान्य बदलि रही बाँकिभू-भागहरुमा आंशिक बदलि रहने रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भु-भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू-भागमाहरुमा आंशिक देखि सामान्य बदलि, बाँकी भूभागमा आंशिक वदली रहने छ। देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार