‘संविधानसभा पदक’ भ्रष्टाचारका आरोपीदेखि विप्लवका नेतासम्मलाई
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १७:५३:५८
काठमाडाैँ । सरकारले संविधान निर्माणमा योगदान पुर्याएका पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेको छ ।
शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण गरेकी हुन् ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् ।
संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ ।
राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरू गिरिजा प्रसाद कोइराला लगायतको नाम वरियताका आधारमा राखिएको छ ।
हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् ।
पदक वितरण कार्यक्रम अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार