सुरुमै २१ अंक सुधार भएको शेयर बजारले गति लिएन, नाफा सुरक्षित गर्न बेच्नेको चाप
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार २१:४६:१८
काठमाडौं। विहिबार शेयर बजारले ठूलो उछाल भने ल्याएन्।
कारोबार सुरु भएको १५ मिनेटमै २१ अंक सुधार भएको शेयर अन्तिममा ५.५८ अंकले बढेर बन्द भयो। अधिकांश लगानीकर्ताले नाफा बुक गर्न शेयर बिक्री गर्न खोज्दा बजारले गति नलिएको हो।
बजेटले पूँजीगत लाभकर, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना विधिलाई टुङ्गो लगाएपछि लगानीकर्ता हौसिएका थिए। विहिबार कारोबार रकम भने डेढ अर्ब रुपैयाँ नाघेको छ।
हौसिएर सुरुमै शेयर खरिद गर्नेहरु भने महँगोमा परेका छन्। बजार बढ्ने अपेक्षामा सुरुमै शेयर खरिद गर्नेहरु महँगोमा परेका हुन्। कारोबार सुरु हुने वित्तिकै अधिकांश कम्पनीको शेयर मूल्य बढेको थियो।
सूचक ५.५८ अंकको सुधार सँगै १३१९.४७ अंकमा रोकिएको छ। नेप्सेमा १७४ वटा कम्पनीको कारोबार हुँदा ८० कम्पनीको बजार मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ।
सबैभन्दा धेरै शिवम सिमेन्टको १७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको पनि १६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।
हिमालयन उर्जा विकास कम्पनीका शेयरधनीहरुले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर बढ्ने क्रममा सर्किट लागेको छ। त्यस्तै जलविद्यत क्षेत्रकै पाँचथर पावरको सबैभन्दा धेरै घट्ने क्रममा सर्किट लागेको छ।
बजार विश्लेषक ज्योती दाहालले शेयर बजारको विषयमा सकारात्मक विषय समेटिएपनि बजारले गति नलिएको बताए।बजेट राम्रो आएकोले लगानीकर्ताको मनोबल उच्च हुँदा कारोबार रकम र सूचक दुबै सुधार देखिएको राधा पोखरेलले बताइन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार