लामखुट्टेले आजित हुनुहुन्छ ? ४ सरल घरेलु उपाय अपनाउनुस
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार २३:८:१५
एजेन्सी । गर्मीयाम सुरु भइसकेको छ । यही मौसममा लामखुट्टेहरू बढी सक्रिय हुन्छन् ।
लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ ।
लामखुट्टेबाट छुटकारा पाउन धेरै किसिमका धूप र ‘लिक्विड’हरूको प्रयोग गर्ने गरिन्छ । तर यिनमा धेरै केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्दछ ।
बजारमा पाइने ल्याएको धूप र लिक्विडको प्रयोग स्वास्थ्यका लागि हानिकारक नै हुने गर्छ । त्यसैले यी यस्ता चिजको प्रयोगबाट मुक्ति पाउनका लागि यी चार घरेलु उपायहरूको प्रयोग गर्नु उपयुक्त हुनसक्छ ।
नीम : नीमलाई प्राकृतिक औषधिका रूपमा लिइन्छ र यसमा एन्टीब्याक्टेरियल गुणहरू पाइन्छ । अध्ययन अनुसार नीमको तेलमा अन्य केमिकलयुक्त धूपमा भन्दा दश गुणा बढी लामखुट्टे मार्नसक्ने शक्ति हुन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको असर हुँदैन । नीमको पेस्ट छालामा दल्दा लामखुट्टे शरीरको वरिपरि आउँदैनन् ।
कागती र ल्वाँग : कागतीलाई बीचबाट काटेर त्यसभित्र पाँच वा छओटा ल्वाँग राख्ने र कागतीलाई घरको हरेक कुनामा राख्ने हो भने लामखुट्टे घरबाट टाढा भाग्छ ।
तुलसी : तुलसीलाई हिन्दुहरूले भगवानको रूपमा पूजा गर्दछन् । तुलसीलाई घरआँगनमा रोप्नाले यसको बास्नाले लामखुट्टेलाई घरबाट टाढा राख्छ ।
लसुन : लसुनको केही टुक्रा र ल्वाँगलाई पिसेर पानीमा उमाल्ने । अनि यो पानीलाई राम्ररी छानेर स्प्रेको बोतलमा राख्ने र घरको सबै ठाउँ र कुनाहरूमा छर्ने । यसको प्रयोगले लामखुट्टेसँगै कीरा र माकुराहरूलाई पनि टाढा राख्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार