राष्ट्रिय फुटबल टोलीको बिदाइ
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार २३:२०:३३
काठमाडौँ । मलेसिया र चाइनिज ताइपेमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित एक कार्यक्रममा विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
नेपालले यही जेठ १९ गते मलेसियासँग खेल्नेछ भने जेठ २३ गते चाइनिज ताइपेसँग उसैको मैदानमा भिड्ने छ ।
सहभागी खेलाडीको गोलकिपरमा किरणकुमार लिम्बू, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी तथा रवि सिलवाल छन् ।
मिडफिल्डरमा रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई र तेज तामाङ छन् भने फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, विमल राना र नवयुग श्रेष्ठ छन् । नेपाली टोली आज बेलुका मलेसिया प्रस्थान गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार