दोस्रो पटक नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री, अमित शाह पनि बने मन्त्री !
इन्द्र रिजाल
जेठ १६, २०७६ शुक्रबार २:५:३६
एजेन्सी । भारतको राष्ट्रपति निवासमा देशविदेशका ८ हजार अतिथिहरुको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा मोदीले बिहीबार साँझ शपथ लिएका हुन्।
उनका सहकर्मी मन्त्रीका रुपमा गृह मन्त्रालय राजनाथ सिंहले पाएका छन् भने अमित शाह तेस्रो वरियताका मन्त्री बनेका छन्। सिंह र शाहपछि नितीन गडकरीले चौथो मन्त्रीका रुपमा शपथ लिएका छन्। गडकरीले साबिककै यातायात मन्त्रालय पाएका छन्।
सदानन्द गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसादलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्। हरसिमरत कौर बादल, धावर चन्द गहलोत, एस जयशंकर, स्मृति इरानीलगायतले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्।
यसअघिको मन्त्रिपरिषदमा शक्तिशाली सदस्यका रुपमा भूमिका खेलेका विदेशमन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीले भने यसपटक जिम्मेवारी पाएनन्।
शपथमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु मोदीको शपथ समारोहमा सहभागी भएका थिए।
शपथमा विपक्षी कांग्रेस अध्यक्ष राहुल गान्धी र नेत्री सोनिया गान्धी पनि सहभागी भएका थिए। एनडीए गठबन्धनको प्रमुख दल जनता दल भने सरकारमा सहभागी भएन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार