सामाजिक सुरक्षा कोषले माग्यो ६६ कर्मचारी
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १६:४३:३७
काठमाडौं। सामाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्ने भएको हो।
११औं तहको उपकार्यकारी निर्देशक पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको हुनु पर्ने छ।
कोषले चौथो तहदेखि ११औं तहसम्मका सबै तहमा कर्मचारी माग गरेको हो। ७औं तहदेखि ११औं तहसम्मका पदका लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा काम गरेको अनुभव हुनु पर्नेछ।
निर्देशक स्तरका पदका लागि कानुन, प्रशासन, चार्टर्ड एकाउन्टेन्ट, लेखा तथा कम्प्युटर इन्जिनियरिङ समुहमा कर्मचारी माग गरिएको हो। सहायकदेखि अधिकृत स्तरका पदका लागि भने अनुभवको आवस्यकता पर्ने छैन।
योग्य आवेदकले अनलाइनबाटै आवदेन दिन सक्ने कोषले जनाएको छ। आवदेकले असार ५ गतेसम्ममा आवदेन दिन पाउने छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवादस् को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो एक बस र माइक्रो बस, तीन जनाको शव फेला
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो
असोज १३, २०८१ आइतबार