सन्दर्भ फुटबलको : विश्वभर नियम परिवर्तन हुँदै [थाहा पाउनुस]
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १८:५:१६
एजेन्सी । विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी ‘इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड’ ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ ।
२०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो ।
१.फ्रिकिक : आक्रमणका खेलाडी वालमा बस्न नपाइने
नयाँ नियम अनुसार फ्रिकिक लिने समयमा आक्रमण गर्ने टोली अथवा फ्रिकिक प्रहार गर्ने टोलीका खेलाडी वालमा बस्न पाइने छैन । नियममा लेखिएको छ, ‘जब ३ वा सोभन्दा बढी खेलाडीको वाल राखिएको छ भने आक्रमण टोलीका खेलाडी कम्तिमा १ मिटर टाढा बस्नुपर्ने छ ।’ यदि यो नियम नमानेको खण्डमा विपक्षी टोलीलाई फ्रिकिक प्रदान गरिनेछ ।
यो नियम ल्याउँदा अनावश्यक समय खेर फाल्ने र वाल बसेको खेलाडीबीच ठेल्ने प्रवृति पनि अन्त्य हुने विश्वास लिइएको छ ।
२. खेलाडी परिवर्तन:सबैभन्दा नजिकको लाइनबाट बाहिरिने
नयाँ नियमअनुसार अब खेलाडी परिवर्तन हुँदा बाहिर निस्कने खेलाडीले आफूबाट मैदानको जुन भाग नजिक छ, त्यहिँबाट बाहिरिने उल्लेख गरिएको छ ।
नियममा लेखिएको छ, ‘बाहिर निस्कने खेलाडीले सबैभन्दा नजिक स्थानबाट मैदान बाहिर जानुपर्छ ।’ लामो समयदेखि खेलको समय खेर फाल्ने हेतुले गरिंदै आएको खेलाडी परिवर्तन समस्यालाई यसले केहि हदसम्म सुल्झाउने छ ।
३. प्रशिक्षकलाई पनि रातो र पहेंलो कार्ड
यस नियम अनुसार प्रशिक्षकले टचलाइनमा खेलभावना विपरित रेफ्री वा खेलाडीलाई फरक व्यवहार गरेमा रेफ्रीले रातो र पहेंलो कार्ड देखाउनेछन् । यदि टचलाइनमा एक वा सोभन्दा बढी व्यक्तिबीच झगडा भएर रेफ्रीले पहिचान गर्न नसकेमा मुख्य प्रशिक्षकले कारवाही भोग्नुपर्नेछ ।
४. पेनाल्टी : गोलरक्षकको कम्तिमा एउटा खुट्टा लाइनमा हुनुपर्छ
पछिल्लो समय पेनाल्टी लिने बेलामा गोलरक्षकको भूमिकालाई लिएर निकै विवाद उत्पन्न हुँदै आएको छ । यसलाई साम्य पार्न नयाँ नियमले केहि सहयोग पुर्याउनेछ ।
नियमअनुसार गोलरक्षकले पेनाल्टीको समयमा पोस्ट र क्रसबार छुन पनि पाउने छैनन् । साथसाथै गोलरक्षकको एउटा खुट्टा गोललाइनमाथि अथवा भित्र भएको हुनुपर्नेछ ।
५. ह्यान्डबल : आकस्मिक ह्यान्डबल गोल भएपनि फ्रिकिक दिइने
यदि कुनै खेलाडीको हातमा लगेर गोल हुन्छ र खेलाडीलाई बलको अवस्था र स्थितिबारे जानकारी छैन भने उक्त गोल मान्य हुने छैन । यस्तो अवस्थामा विपक्षी टोलीले फ्रिकिक प्राप्त गर्ने नियममा उल्लेख गरिएको छ । यस नियमले भने निकै विवाद उत्पन्न गर्न सक्ने देखिएको छ ।
६.ड्रप बलमा दुवै टोली सामेल नहुने
अबदेखि ड्रप बलमा दुवै टोलीका खेलाडीले बल खोस्न प्रतिस्पर्धा गर्नुपर्ने छैन । नया नियमअनुसार खेल रोकिनुअघि अन्तिम पटक जुन टोलीले बल छोएको छ त्यसै टोलीका खेलाडीलाई बल चलाउन दिइनेछ ।
यदि पेनाल्टी क्षेत्रभित्र खेल रोकिन्छ भने त्यसै टोलीको गोलरक्षकले बल चलाउन पाउने छन् । यस अवस्थामा बल चलाउने खेलाडीभन्दा दुवै टोलीका अन्य खेलाडी ४ मिटर टाढा बस्नुपर्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार