राष्ट्रिय परीक्षा बोर्डमा शर्माको हाजिरी, नेविसङ्घकाे राजीनामा माग
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १८:५६:१०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा पुनः कृष्ण शर्मालाई फर्काइएको छ । कक्षा १२ को परीक्षा सकिएलगत्तै शर्मालाई पुनः परीक्षा नियन्त्रकको जिम्मेवारीमा फर्काइएको हो ।
यसअघि उनकी छोरी १२ कक्षाको परीक्षामा सहभागी हुन लागेको र बुवा प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा संलग्न भएको भन्दै कर्मचारीहरुले नैतिक प्रश्न उठाएपछि शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।
कक्षा १२ को परीक्षा गत वैशाख १५ गतेबाट सुरु भएको थियो । बुबाको नेतृत्वमा प्रश्नपत्र छपाइ सकिएपछि शर्माकी छोरीले ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षा दिन लागेको खुलासा भएको थियो ।
त्यसपछि शर्माले आफू परीक्षा नियन्त्रकको जिम्मेवारीबाट अलग हुने भन्दै बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेललाई लिखित निवेदन दिएका थिए । त्यसलगत्तै घिमिरेलाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको थियो ।
यद्यपि प्राप्त शर्माको हाजिरी रेकर्डमा उनले वैशाख १५ गते पनि हाजिर गरेको देखिएको छ । त्यसपछि उनले एक्कै चोटि वैशाख २४ र २५ गते हाजिर गरेका छन् । जब कि कक्षा १२ को परीक्षा २६ गते मात्रै सकिएको थियो ।
स्रोतका अनुसार शर्मा कक्षा १२ को परीक्षाको प्रश्नपत्र छपाई, प्याकिङमा समेत प्रत्यक्ष संलग्न थिए । अहिले उत्तरपुस्तिका जाँचको बेलामा उनी फेरि कार्यालयमा हाजिर भएका छन् ।
तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माका पालामा आफ्ना सन्तान परीक्षामा सहभागी हुँदा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगायतका प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरिएको थियो ।
तर, छोराछोरीले दिने परीक्षामा उनीहरुकै अभिभावक परीक्षा नियन्त्रक भएको यो पहिलो घटना भने होइन । यसअघि दुर्गा अर्याल साविकको उच्च माध्यमिक शिक्षा परिषदमा परीक्षा नियन्त्रक हुँदा आफ्नै सन्तान पढिरहेको परीक्षा प्रक्रियामा सहभागी भएका थिए । अर्याल हाल सदस्य(सचिवका रूपमा बोर्डको कार्यकारी नेतृत्वमा छन् ।
नेविसङ्घले माग्यो राजीनामा
यसैबीच नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले शर्माको राजीनामा माग गरेको छ । बोर्डका सदस्य सचिव अर्याललाई गत बुधबार ज्ञापन पत्र बुझाउँदै सङ्घले राजीनामा माग गरेको हो ।
ज्ञापन पत्रमा आज शुक्रबारसम्म राजीनामा नआए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
बोर्ड भन्छ : शर्मालाई परीक्षाबारे जिम्मेवारी दिइएको छैन
शर्माको हाजिरका सम्बन्धमा प्रतिक्रिया लिन कार्यालयमा फोन गर्दा दुबैजना कार्यकक्षमा नरहेको जानकारी दिइयो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने शर्मालाई कक्षा १२ को परीक्षाबारे कुनै जिम्मेवारी नदिइएको दाबी गरे ।
‘उहाँले सर्टिफिकेटमा साइन गर्नुहुन्छ, अन्य प्रशासनिक काम गर्नुहुन्छ । कक्षा १२ को काम चाहिँ कृष्ण घिमिरेले गर्नुहुन्छ,’ पौडेलले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
इजरायल र हिजबुल्लाहको विवादस् को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो एक बस र माइक्रो बस, तीन जनाको शव फेला
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा पानीको सतहले अति खतरनाकको विन्दु पार
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
असोज १३, २०८१ आइतबार
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज १३, २०८१ आइतबार