परराष्ट्र मन्त्रालयमा ‘ब्रेन गेन सेन्टर’
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २२:४१:२५
काठमाडौं । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले एक नयाँ एकाइ स्थापना गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘ब्रेन गेन सेन्टर’को उद्घाटन गरे ।
मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा गैरआवासीय नेपाली मामिला महाशाखा अन्तर्गतको केन्द्रले विदेशस्थित नेपाली विज्ञहरूबारे सूचना सङ्कलन गरी उनीहरूसँग सहकार्यको बाटो खोज्नेछ ।
यो केन्द्र ‘देशभित्र तथा बाहिर रहेका नेपाली विज्ञहरूबीच उच्च स्तरको समन्वय कायम गर्ने मन्त्रालयको योजनाको पहिलो खुट्किलो’ रहेको मन्त्रालयको भनाइ छ ।
करिब तीन साता अगाडि मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपाली विशेषज्ञलाई केन्द्रको सूचना प्रणालीमा दर्ता हुन आह्वान गरेका थिए ।
यस अनुसार ४५० भन्दा बढी नेपाली केन्द्रसँग आबद्ध भइसकेका छन् । केन्द्रको सञ्चालनमा गैरआवासीय नेपाली सङ्घलगायतका संस्थासँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ १०, २०८१ बिहिबार
माघ लागेदेखि नै उपत्यकासहित देशभर तापक्रम बढ्न थाल्यो
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन, अनुदानको अधिकतम सीमा हटाइयो
माघ १०, २०८१ बिहिबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
माघ १०, २०८१ बिहिबार
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
माघ १०, २०८१ बिहिबार