हेलिकप्टरमार्फत पुगे त्रिदेशीय नाका ‘तिङ्कर’मा सुरक्षाकर्मी
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २३:४६:४
काठमाडौं । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो ।
नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पु¥याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।
त्रिदेशीय नाका छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै गत साता समाचार प्रकाशित भएको थियो । नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पु¥याइएको छ । सीतापूलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने नायब उपरीक्षक शाहीले बताए ।
नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन् । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो । सर्वसाधारणले छाङगरु तिङकर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।
हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।
“स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मीमाथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन्”, प्रहरी नायब उपरीक्षक शाहीले भने, “सञ्चार माध्यममा समाचार प्रकाशित भइसकेपछि झन प्रहरी समयमै पु¥याउनुपर्ने बाध्यता थियो ।”
प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले पहिलो पटक ब्यासको त्रिदेशीय क्षेत्र छाङगरु तिङकरका लागि हेलिकप्टर पठाएको हो । नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।
भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ । ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पु¥याएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पु¥याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ ।
यस्तै हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।
हेलिकोप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँ लगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताए । हेलिकोप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उनले जानकारी दिए ।
ब्यास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण छमहीना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलङगाझरेसँगै सीतापुल प्रहरीचौकी ब्यासको दुम्लीङ झर्ने गर्छन् । यहाँ चार/पाँच फिट हिउँ जम्ने गर्छ । प्रहरीले केही दिनअघि हतियार बिनाका प्रहरी दुम्लीङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घट्ना बेला बेलामा आउने गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार