नेपाल प्रहरी अपडेट : हेर्नुहोस् आजको पूरा विवरण
इन्द्र रिजाल
जेठ १७, २०७६ शनिबार ०:२१:३३
काठमाडाैं । नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् ।
पुरस्कृत प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कृत हुनेमध्ये खापुङ र पन्थीले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर महत्वपूर्ण योगदान गरेका थिए ।
यस्तै कँडेलले सरुवा, बढुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शत्प्रतिशत कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थिए ।
खनाल महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५०० प्रहरी कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम संचालन :
चितवन, समुदाय-प्रहरी साझेदारी अन्तर्गत चितवनस्थित नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त तत्वावधान उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशिल र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको अभिष्ट रहेको उल्लेख गर्दै सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराध नियन्त्रण, सडक दुर्घटना न्युनिकरणका उपाय, मानव बेचबिखन लगायतबाट बच्न सचेत रहनुपर्ने बताए ।
समाजमा अत्यन्त विकराल रुपमा फैंलिदै गएको लागूपदार्थ दुर्व्यसनीबाट युवावर्ग प्रभावित भएको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष खनालले लागूपदार्थका कुलतमा फसेका राष्ट्रका कर्णधार युवावर्गलाई उपचार गराई समाजमा पुन:स्थापना गराउने उद्धेश्यका साथ आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं स्थापना भई सेवा पुर्याउँदै आएको समेत जानकारी दिए ।
कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी प्रमुख मिना खरेलले समेत समुदाय-प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
प्रहरी उपरीक्षक दान बहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गरे । उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनी, लैङिगक हिंसा, घरेलु हिंसा, मानब वेचबिखन लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णीमा चन्दले प्रस्तुतीकरण दिएकी थइन् ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
गत जेठ १३ गते झापाको धुलावारी, जेठ १४ गते इटहरीको दुर्गा पाट्री प्यालेस, १५ गते बर्दिबास सेवा समितिको हल र १६ गते बाराको सिमरा समेत संचालन भएको उक्त जनचेतनामुलक कार्यक्रम बुटवल हुँदै बाँकेको कोहलपुरसम्म हुनेछ ।
ईन्जिनियरिङका विद्यार्थीहरुलाई नेपाल प्रहरीको संचार प्रणाली सम्बन्धी जानकारी :
काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा शुक्रबार आयोजित कार्यक्रम बीच ख्वप ईन्जिनियरिङ कलेज भक्तपुरका प्राध्यापक र स्नातक तह आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल प्रहरीको संचार प्रणाली सम्बन्धि जानकारी दिइएको छ ।
कार्यक्रममा संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा.राजिव सुब्बाले नागरिक विना बर्दीका प्रहरी हुन भने प्रहरी बर्दीका नागरिक भएकाले नेपाल प्रहरीले संचालन गरिरहेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत सुरक्षित एवं अपराधरहित समाज निर्माणको लागि यस्ता कार्यक्रमहरुले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा सहभागिहरुलाई सो निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धिताल र प्रहरी निरीक्षक जय शंकर शर्माले प्रविधिको अवलोकन गराउनुका साथै प्राध्यापक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सुरक्षा व्यवस्था, अपराध रोकथाम, नियन्त्रण तथा प्रविधिमैत्री एवं प्रमाणमुखी सफल अनुसन्धान, विपद उद्धार र व्यवस्थापन लगायतका कार्यका लागि नेपाल प्रहरीले प्रयोग गर्दै आईरहेका विभिन्न प्रविधिहरु मध्ये संचार प्रणालिको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो ।
नेपाल प्रहरीको संचार प्रणालीमा हाल प्रयोग भइरहेका नयाँ प्रविधिहरु Rapid Communication System (RCS), Digital Trunking System, VSAT, Less Paper System, Drone प्रविधिका साथै समाजमा हुन सक्ने अपराधलाई रोकथाम तथा अपराधको सफल अनुसन्धानका लागि नेपाल प्रहरीको सक्रियतामा स्थानीय निकाय तथा सम्बद्ध पक्षसँगको साझेदारीमा जडान/ सँचालन एवं विस्तार भइरहेको CCTV प्रविधि मार्फत Video Surveillance को प्रयोगको विषयमा समेत जानकारी दिइएको थियो । साथै ट्राफिक व्यवस्थापनका लागि संचार निर्देशनालयले निर्माण गरेको “गुरुजी APP” तथा Less Paper प्रणालीका वारेमा पनि सहभागी विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । उक्त कार्यक्रममा सो कलेजका प्राध्यापक लगायत २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अवैध रुपमा भिओआइपी संचालन गर्ने पक्राउ :
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने भारत महराजगन्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ अन्सारीको डेरा कोठाबाट प्रहरीले ल्यापटप १ थान, जेएससि लेखिएको एरियल ३२ थान, राउटर १ थान, एयर टेल फोरजी लेखिएको डिभाईस २ थान, टिपी लिंक लेखिएको १ थान, युपिएस १ थान, चार्जर २ थान, १३ वटा सिम फिट भएको १६ सिम पोट १ थान, सिम नभएको १६ सिम पोट १ थान, केबल तार २ थान, सिम १३ थान लाभा कम्पनीको मोबाइल १ थान र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम १ थान समेत बरामद गरेको छ ।
पक्राउ अन्सारी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
अवैध VOIP बिरुद्द ब्यूरोले स्थापनकालदेखि हालसम्म १ सय ८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १ सय ३० र विदेशी ३७ गरी १ सय ६७ जनालाई पक्राउ गरिएको छ । । अवैध VOIP बिरुद्द गरिएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २ हजार ३ सय ७५ थान सिम कार्डहरु र VOIP मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको सो ब्यूरोले जनाएको छ ।
सवारी दुर्घटनामा मृत्यु :
काठमाडौं, सिन्धुली र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६ मोरङ्गेस्थित सडकमा ना.३ ख.६६८२ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा बस चालक रौतहट चपुर नगरपालिका-१ बस्ने ४० वर्षीय वीर बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ । बारा, महागढीमाई नगरपालिका-८ धरमपुरमा बा.२ ख ५०५५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार सोही नगरपालिका-४ बस्ने ६८ वर्षीया रघुपती देवी सोनारीको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद चोरी :
काठमाडौं, बर्दिया, ठाकुरबाबा नगरपालिका-१ कन्चनपुरस्थित रहेको हाम्रो मध्यवर्ति कृषि तथा सहकारी संस्थाबाट नगद ३ लाख ६९ हजार १ सय २८ रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरमा कृष्ण प्रसाद कोइरालाले संचालन गरेको प्राचिन बचत तथा ऋण सहकारी संस्थाबाट नगद ३ लाख रुपैयाँ शुक्रबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल नष्ट :
कपिलवस्तु, कृष्णनगर नगरपालिका-११ मोतिपुर बस्ने आईतबारी यादवको घरमा खाना बनाउने चुल्होबाट आगो सल्किएर आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने नानु पासीको घरमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार