आर्थिक वर्ष २०७६/७७ को बजेट कामचलाउ प्रकृति : नेपाली कांग्रेस
इन्द्र रिजाल
जेठ १७, २०७६ शनिबार १:८:१३
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि तर्जुमा गरिएको बजेट कामचलाउ प्रकृतिको भएको टिप्पणी गरको छ ।
बजेटका बारेमा धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले नविन कार्यक्रम, दुरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको अभाव भएको कामचलाउ प्रकृतिको बजेट सरकारले ल्याएको टिप्पणी गरेको हो ।
वर्तमान सरकारको प्रथम बजेटले छाडेको अलमल, अलपत्र योजना र करिव सबै पुरानै अधुरा सपनाहरुको भारी दोस्रो वर्षको बजेटलाई बोकाइएको कांग्रेसको ठहर छ । त्यस्तै काग्रेसले समृद्धिका लागि आवश्यक सन्तुलनलाई गति दिने गरी विषय प्रवेश वर्तमान सरकारको दोस्रो बजेटमा पनि हुन नसको समेत जनाएको छ ।
विकास खर्चका लागि ३ खर्व विदेशी ऋणको प्रतिक्षा तथा २ खर्व स्वदेशी ऋणको जोहो गर्नुपर्ने स्थिति अत्यन्तै जोखिमपूर्ण रहेको काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताए । उनले सैद्धान्तिक अन्र्तविरोधको प्रभावमा परेको स्थितिमा बजेट निर्मित भएको धारणा समेत राखे ।
पत्रकार सम्मेलनमा कांग्रेसका नेता एवं काग्रेस छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले बजेट वितरणमुखी भएको बताए । विप्रेषणले नेपालको गरिबीको दर घट्न घट्न सहयोग गरिरहेको भन्दै डाक्टर रिजालले त्यही विप्रेषणले सृजना गरेको उपभोगमाथि ३७ प्रतिशत राजस्व लगाएर चालू खर्च गर्ने मनासय सरकारले राखेको आरोप लगाए ।
कांग्रेसले समग्र बजेटको आकार बढ्दा त्यो बढेको अनुपातमा प्रदेश र स्थानीय तहलाई रकम बढाउने संघीयता संवेदनशील मनोविज्ञान बजेटमा नदेखिएको पनि जनाएको छ ।
बजेटले संघीयतालाई सार्थक बनाउन अघिल्लो वर्षको कमजोरी पहिचान गरेर अघि बढ्ने संकेत नदिएको पनि कांग्रेसको ठहर छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार