अमेरिकाको भर्जिनियामा गोली लागी मृत्यु हुनेको संख्या १३ पुग्यो
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार २०:२८:३१
वासिङ्टन । अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
सो घटनामा एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको भर्जिनियाका स्थानीय प्रहरी प्रमुख जिम केर्भेराले जानकारी दिए । प्रहरीका अनुसार आक्रमणकारी लामो समयदेखि सार्वजनिक सेवासम्वन्धी काममा कार्यरत थिए । उनले अन्धाधुन्द गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
सो घटनामा हाते बन्दुक, राईफल प्रयोग गरेको सो आक्रमणमा नीजको परिचय भने खुलाएको छैन । “भर्जिनिया तटको इतिहासमा यो अहिलेसम्मकै दुःखद् घटना भएको हो,” स्थानीय मेयर बोब्बी ड्योरले भने । भर्जिनिया राज्यका गभर्नर राल्फ नर्थमले पनि वक्तव्य जारी गर्दै निर्मम् घटना भएको बताए ।
उनले शुक्रबार बेलुका भएको यो घटनालाई “विवेकहिन र अक्षम्य घटना”को संज्ञा दिएको समाचारमा जनाइएको छ ।स्थानीय समयअनुसार शुक्रबार बेलुका चार बजेतिर घटना भएको हो । घटना भएको भर्जिनिया सामुद्रीक तट अन्त्यन्त ठूलो सहर र लोकप्रिय पर्यटकीय स्थल मानिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार