सभापति देउवा भन्छन्, ‘हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो’ !
इन्द्र रिजाल
जेठ १८, २०७६ आइतबार १:१९:१९
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् ।
रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले मिडिया काउन्सील विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता खोस्न खोजेको बताए । ‘२००७ सालदेखि हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो । अहिले सरकारले विधेयक ल्याएर स्वतन्त्रतामा बन्देज लगाउन खोज्दैछ’ देउवाले भने, ‘हामी संसद चल्न दिन्नौंं, विधेयक कुनै हालतमा पास हुन दिन्नौं ।’
केपी शर्मा ओली निरंकुश राजा जस्तै
सरकारले स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको उनले बताए । ‘ओली सरकार पञ्चायत भन्दा पनि तल्लो स्तरमा ओर्लेर निरंकुशता र मनपरी लाद्न खोज्दैछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारविरुद्ध लड्नुपर्ने अवस्था छ, आन्दोलनका लागि तयार हुनुस् ।’
विपक्षी दलका नेता देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएको टिप्पणी गरे । ‘विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ रु’ देउवाले भनेका छन्, ‘यो कुनै हालतमा हुन दिन्नौं ।’ कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी एकजुट भए कसैले हराउन नसक्ने बताए ।
प्रमुख सचेतक बालकृष्ण खाणले सरकार निरंकुशता र सर्वसत्तावादतर्फ अग्रसर भएको आरोप लगाए । उनले अघिल्लो सरकारले तोकेको प्रदेशको राजधानी बुटवलबाट सार्न खोजिए जस्तोसुकै बलिदान दिन तयार रहेको बताए । नेता शेखर कोइरालाले सरकारले संघीयता असफल बनाउने काम गरिरहेको बताए
केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले शीर्ष नेताहरु एक ढिक्का हुनुको विकल्प नभएको बताए । अनुशासन समितिका सदस्य समेत रहेका कंडेलले पार्टीमा अन्तरघात गर्ने र बागी उम्मेदवारहरुको तथ्यांक संकलन गरेर कारवाही गर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार