देशका अधिकांश भागमा बिहानैदेखि बदली, बेलुकातिर मेघ गर्जनसहित वर्षा !
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १४:५८:४७
काठमाडौं । देशभरको मौसम सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद सुवास रिमालले बताएका छन् ।
बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रहेको मौसमविद रिमालले बताए । दिनभरिकै मौसम यस्तै रहने जनाइएको छ ।
प्रि मनसुनको समय रहेको र अहिले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु सतही रुपमा आएकाले मौसम बदली भएको हो । केही दिन मौसम यस्तै रहने सम्भावना छ ।
अपराहन्न वा बेलुकातिर देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको र हावाहुरी पनि चल्ने मौसमविद रिमालले बताए । विशेषगरी मध्य क्षेत्रका केही स्थानमा केही बेर ठूलो पानी पर्न सक्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन
असोज १३, २०८१ आइतबार
हात्तीको आक्रमणमा किसानको मृत्यु
असोज १३, २०८१ आइतबार
पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
असोज १३, २०८१ आइतबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार