शेयर बजारमा आज घाटाको व्यापार
इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार १:५९:२०
काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ ।
एक हजार तीन सय बिन्दुमाथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.६४ बिन्दुले घटेर २७५.४८ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।
बैंकिङ ११.०७, व्यापार २.६२, होटल २३.६३, विकास बैंक १३.५८, जलविद्युत् १९.०४, वित्त ५.२६, निर्जीवन बीमा ६७.६४, उत्पादन ५४.७८, अन्य ४.०१, लघुवित्त १२.५१, जीवन बीमा ५४.७३ र सामूहिक लगानी कोष ०.१४ बिन्दुले घटेको छ ।
स्टकका अनुसार आज एनआइसि एशिया बैंकको रु नौ करोड छ लाख तीन हजार ७५३ मा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट रु छ करोड सात लाख २६ हजार १८५, प्रभु बैंक रु पाँच करोड पाँच लाख ७४ हजार ५१०, नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख २४ हजार ७७ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु तीन करोड ३० लाख ७६ हजार २१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै तारागाँउ रिजेन्सी होटलका शेयरधनीले ७.५०, गुराँस लघुवित्त वित्तीय संस्था ४.६६, कन्काई विकास बैंक ४.४९, रिलायन्स फाइनान्स ३.७० र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६० प्रतिशतले कमाए । स्टकका अनुसार पाँचथर पावर कम्पनी ९.५२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.५५, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.४९, माउण्टेन हाइड्रो ५.४५, स्पर्श लघुवित्त वित्तीय संस्था ५.२८ र कालिका पावर कम्पनीका शेयरधनीले ५.०५ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार