आइएमई लाईफ र गरिमा विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता सम्पन्न
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार २२:३६:५४
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
सो बैंकअस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७६ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको प्रमुख–मिडिया तथा जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार