विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध अनुसन्धान
इन्द्र रिजाल
जेठ २१, २०७६ बुधबार ५:३४:८
रोल्पा । रोलपा प्रहरीले अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो ।
इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए । म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय होलेरीमै फर्काइएको छ ।
रुन्टीगढी गाउँपालिका-८ मगरगोरी झेनामस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका पुनले जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेकी थिइन् ।
प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन् । घाइतेमध्ये भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ ।
घाइतेको उपचार दाङमा गरिएको छ भने अन्यको उपचार होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो । कुटपिटको आरोप लागेपछि शिक्षिका पुनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।
शिक्षिका पुन निजी स्रोतबाट नियुक्त भएकी हुन् । उनी विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी थिइन् । स्थानीयका अनुसार उनले पहिले पनि विद्यार्थीमाथि कुटपिट गर्थिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
पोखरामा कांग्रेसको जमघटः सभापति देउवा पुगे, ७७ जिल्लाबाट प्रतिनिधि जम्मा हुँदै
माघ २०, २०८१ आइतबार
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ
माघ २०, २०८१ आइतबार
भिरबाट लडेर एक युवकको मृत्यु
माघ २०, २०८१ आइतबार
अनलाइन जुवामा १ अर्ब बढी कारोबार, ललितपुरबाट १० भारतीय र १५ जना नेपाली पक्राउ
माघ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
माघ २०, २०८१ आइतबार