काठमाडौंमा हावाहुरी चल्याे, क्षतीकाे विवरण आउँदै
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार ११:४४:३३
काठमाडौं । काठमाडौंमा आज बिहान ५ बजेदेखि नै बेजोडसँग हावाहुरी चलिरहेको छ । यो समाचार तयार पार्दासम्म हावाहुरी चल्ने क्रम राेकिएकाे छैन । हल्का वर्षा भई रहेको छ । अहिले काठमाडौंकाे आकाशमा कालो बादल मडारिएको छ भने मेघ गर्जन भइरहेको छ ।
अहिलेसम्म आँधीका कारण रुख ढलेर बाटो अबरुद्ध भएको वा कुनै पनि क्षती भएको जानकारी नआएको प्रहरीले नेपाल बहस डटकमलाई जानकारी दिएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चल्दा अहिलेसम्म प्राप्त जानकारी अनुसार दुइ जनाकाे मृत्यु हुनुका साथै ६० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेकाे संख्या बढ्दै गएकाे छ । हावाहुरीले कैलाली र कञ्चनपुरमा कराेडाैं रूपैयाँ बराबर धनजनको क्षति पुर्याएको छ भने ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् । बेलुका ८ बजेदेखि सुरू भएकाे हुरीकाे वितणडा एक घणटासम्म चलेकाे थियाे
र याे पनि…. शुक्रबार बिहानै काठमाडौंमा हावाहुरीसहित वर्षा (फोटोफिचर)
हावाहुरीका कारण काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका गाउँवस्तीको जनजीवन प्रभावित भएको छ । अहिलेसम्म मानविय क्षती भएको जानकारी आएको छैन भने केही ठाउँमा घरका छाना उडाएको जानकारी आएको छ । तर प्रहरीले भने त्यस कुराको पुष्टि गरेको छैन ।
मौसम विज्ञान पूर्वानुमान महाशाखाका बरुण पौडेलले बताए अनुसार हावाहुरी भारत तथा नेपालको पश्चिम भागबाट सुरु भएर विहान ४ बजे नै काठमाडौं र आसपासका क्षेत्रमा आएको बताए । अहिले नेपालको मध्ये भुभागमा चलिरहेको हावाहुरी अझै २ घण्टासम्म चलिरहने तर खासै ठूलो क्षती हुने स्थिती नदेखिएको तर मानिसहरूले शतर्कता अपनाउँदा राम्राे हुने बताए । उनले मनसुन सुरु भै नसकेको तर आज दिन भरी नै हल्का वर्षा हुने संम्भावना रहेकाे बताए । अहिले काठमाडाैं र आसपासका क्षाेत्रमा हल्का पानी परिरहेकाे छ । हावाहुरीको प्रभाव विस्तरै घट्दो क्रममा नेपालको पूर्वी भागमा सर्दै जाने उनले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार