अत्तरखेलमा ‘काका’ भनिने कुख्यात डाँका छिरिङमाथि प्रहरीले दाग्याे गोली
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार २१:३७:१९
काठमाडौं । कुख्यात लुटेरा ‘काका’ भनिने छिरिङ तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ । महाशाखाका डिएसपी रुगम कुँवरको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्ने प्रयास गरेपछि अत्तरखेलमा घुँडामुनी दुई गाेली प्रहार गरेको छ ।
उनलाई अहिले प्रहरीले उपचारका लागि ट्रामा सेन्टर लगेको छ । प्रहरीको सर्वाधिक खोजी सुचीमा रहेका काका उर्फ तामाङले केही समय अघि मात्रै जोरपाटीमा सुनपसल लुटपाट गरेका थिए । यस अघि पनि उनले पेस्तोल देखाएर ४ /५ वटा आईएमई काउन्टर डकैतीमा गरेका थिए । गुण्डा र लुटेरा समुहबीच काका उपनामले चिनिने यिनको स्थायी घर इलाम माइजोगमाई गा.पा भए पनि काठमाडौं जोरपाटी, अत्तरखेल क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दी र डकैती गर्दै आएका थिए ।
महाशाखाका एपी केदार ढकालका अनुसार लुटेरा छिरिङले एक डेढ वर्षको अवधिमा काठमाडाै मात्र पाँच वटा घटना घटाइसकेका छन् । पाँच–सात जनाको समुह बनाएर हिडने छिरिङले सुन पसल, सहकारी तथा मनि ट्रान्सफरहरुमा पेस्तोल, रड खुकुरी लगायतका हातहतियार देखाउँदै लुटपाट तथा डकैती गर्दै आएका थिए ।
काकासँगै रहेका थप चार जनालाई नियन्त्रणमा लिइएको छ । तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गरी १ लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए।
प्रहरीले तामाङसहित धराने भनिने वर्ष २४ का नितेश तामाङ, मुन्द्रे भनिने वर्ष २३ अजय ध्यावा तामाङ, बाहुन भनिने वर्ष २३ काभ्रेका रुपेश चौलागाईं तथा जिग्री भनिने वर्ष ३० का भिमराज थिङलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले उनीहरूकाे साथबाट नगद तथा विभन्न कम्पनीका माेवाइलहरू बरामत गरेकाे छ ।
प्रहरीले जारी गरेकाे विज्ञप्ती जस्ताकाे त्येस्तै
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार