उपत्यकामा सवारी दुर्घटनामा २२२ को मृत्यु
इन्द्र रिजाल
जेठ २४, २०७६ शनिबार २:४४:४०
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताए । “फराकिलो बाटो र तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको छ,”–उनले भने ।
सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन् ।
उपत्यकामा आर्थिक वर्ष २०७४÷७५ मा १९४ र आर्थिक वर्ष २०७३÷७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार