मौद्रिक नीतिमा हुने परिवर्तनले शेयर बजारलाई समेत प्रभावित : अर्थमन्त्री खतिवडा
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार २१:३३:३६
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शेयर बजारलाई मौद्रिक नीतिमा हुने परिवर्तनको प्रभावबाट मुक्त गर्ने कदम चाल्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री खतिवडाले लामो समय देखि धितोपत्र बोर्ड राष्ट्र बैंकको छायामा परेको र त्यसले शेयर बजारलाई समेत प्रभावित पारिरहेको समेत बताए ।
उनले बैंकिङ्ग प्रणालीमा तरलता बढ्दा शेयर बजार बढ्ने र तरलता घट्दा शेयर बजार पनि घट्ने क्रमको अन्त्य हुनुपर्नेमा पनि जोड दिए । स्वार्थमा निहित भए कुनै पनि नियामक निकायले काम गर्न नसक्ने हुदा बोर्डको संरचनामा नै सुधार गर्नु पर्ने अर्थमन्त्रीको भनाई छ ।
उनले बोर्डलाई अझ व्यवसायिक, स्वतन्त्र र प्रभावकारी निकायको रुपमा विकास गर्न धितोपत्र बोर्ड ऐन, २०६३ संशोधनको क्रममा अगाडि बढेको जानकारी पनि दिए । कार्यक्रममा बोर्डले बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो भने अर्थमन्त्री खतिवडाले बोर्डको बार्षिक स्मारिका लोकार्पण गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार