वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १६:४६:९
काठमाडौं । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले भोटो देखाउने चलन छ।
मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभू ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो। जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो।
विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको भोटो देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।
रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ। हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार