नाइजेरियामा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार शिक्षक आवश्यक !
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार २०:१४:१४
एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् ।
नाइजेरियाली शिक्षक युनियन ‘एनयूटी’ का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताए । उनले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने पनि बताए ।
बोर्नोको राजधानी शहर माइदीगुरीमा बोल्दै उहाँले राज्यमा बोको हराम आतङ्कवादीका कारण सहाराविहीन भएका करिब ५३ हजार बालबालिकाका लागि ४० वटा ठूला विद्यालय खोलिए पनि त्यहाँ राम्रोसँग पठनपाठन हुन अझै नसकेको बताए।
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्कवादी समूह बोको हरामका कारण विद्यालय शिक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ । मुहम्मदले सिकाई र पढाईका लागि बार्नोमा पाँच हजार प्राथमिक तह र एक हजार माध्यमिक तहका शिक्षक आवश्यक भइसकेको बताए ।
बोको हरामको आक्रमणबाट सबैभन्दा बढी प्रभावित शिक्षकहरु भएका छन् । बोको हरामकै कारण बोर्नोमा करिब ५३० जना शिक्षक मारिएका छन् भने ३२ हजारभन्दा बढी विस्थापित भएका छन् । तेलको धनी पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शिक्षकहरुले सबैभन्दा कम वेतन पाउने गर्दछन् । हिंसाका कारण सन् २००९ यतामात्र बोर्नो राज्यमा करिब २७ हजार मानिस मारिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार