भक्तपुरमा सवारी चलाउदै हुनुहुन्छ ? होस् गर्नुस है , कारवाहीमा पर्नुहोला !
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार १९:३५:३४
भक्तपुर । के तपाई सवारी साधन चलाएर भक्तपुर जादै हुनुहुन्छ वा भक्तपुरतर्फ आउदै हुनुहुन्छ ? यदि त्यसो गदै हुनुहुन्छ भने आफ्ले चलाईरहेको सवारीको गति कति छ भनेर अबदेखि होस् गर्नुस है ? नत्र कारवाहीमा पर्नुहोला । किनभने प्रहरीले साँगादेखि जडिवुटी पुलसम्मको हाईवे यात्रा गर्दा हरेक सवारी साधनको गति ५० किमी प्रतिघण्टा निर्धारण गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको गति निर्धारण गरेको छ । प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारवाही गरिने बताए । उनले भने, “आजैदेखि यो नियम लागू गरेका छाैं, आजबाट गति मापन गर्नेछौँ, शुरुमा केही दिन सवारी चालकलाई सम्झाउने छाैं, असार १ गतेदेखि भने कारवाही अगाडि बढाउने छाै. ।”
दुर्घटना न्यूनीकरणका लागि जडीबुटी मनोहरापुलदेखि मध्यपुर थिमी, सूर्यविनायक, जगाती, पलासे हुदै काभ्रे र भक्तपुरको सिमाना साँगासम्मका लागि गति निर्धारण गरिएको हो । प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरी मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उनको भनाइ थियो ।
सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उनले बताए। सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडार गन र एक लेजर गन ल्याएर परीक्षण गरिसकेको बताउँदै उनले यो सडकखण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताए ।
नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमतिपत्र, ‘रुट परमिट’ रद्द गर्नेदेखि यातायात सञ्चालन अनुमतिपत्रसमेत रद्द गर्न सकिने गरी कारवाही गरिने प्रधानले बताए ।
यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइसाथ लागू गरिने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकरेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार