डोल्पामा टेलिफोन सेवा अवरुद्ध, टावर भएको स्थानमा पुग्न पाँच घण्टा !
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १८:४९:३२
डोल्पा । गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो ।
सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउने हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ ।
महिना दिनभित्र डोल्पामा दुई पटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन
असोज १३, २०८१ आइतबार
हात्तीको आक्रमणमा किसानको मृत्यु
असोज १३, २०८१ आइतबार
पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
असोज १३, २०८१ आइतबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार