विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चार कार्यकता रिहा
इन्द्र रिजाल
जेठ २९, २०७६ बिहिबार २:३१:५६
भद्रपुर । राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चार कार्यकता आज रिहा भएका छन् ।
रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पा रहेका छन् ।
उनीहरुले पार्टीको कुनै पनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा दिएको निवेदनका आधारमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनका अनुसार उनीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको रोहबरमा रिहाइ गरिएको हो ।
रियालगत्तै उनीहरुले नेकपा९विप्लव० नेतृत्व समूह परित्याग गरेको विज्ञप्तिमार्फत घोषण गरेका । रिहाइ भएलगत्तै आजै उनीहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
अध्यक्ष पाठक, जिल्ला कमिटी सदस्य चन्द्रा श्रेष्ठ, असारु राजवंशी, मोहन विश्वकर्मा लगायतका नेताले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार