गुठी विधेयकविरुद्ध सडकमा आउने जानकी मन्दिरका महन्थको चेतावनी
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार २२:१२:४९
जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सरकारले विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण साधु सन्त सडकमा आउने चेतावनी दिएका छन् ।
शुक्रबार कुरा गर्दै उनले संघर्षका लागि समिति बनाएर आफूहरु सडकमा आउने चेतावनी दिएका हुन् । मन्दिरमा विहान पूजापाठ गरी दिनभर ताला लगाएर सडकमा संघर्ष गर्ने उनले बताए ।
गुठी विधेयक साधुसन्तलाई भगाउने उद्देश्यले आएको भन्दै महन्थ दासले बरु साधु सन्तलाई यो देशमा बस्ने अधिकार छैन भनेर लेखेर दिन चुनौती दिए ।
विधेयक फर्ता नलिए यसविरुद्ध हुने आन्दोलन सरकारले सम्हाल्न नसक्ने उनको भनाइ छ । ‘सरकारले यो विधेयक फिर्ता नलिए ठूलो दैवी प्रकोप आउँछ । जसलाई सरकारले सम्हाल्न सक्दैन ।’
अहिलेकै विधेयक पारित भए जनकपुरका अधिकांश मन्दिर र मूर्तिको संरक्षण हुन नसक्ने उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार