शहर अस्तव्यस्त भएपछि ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १६:३०:५२
काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले आज असार एक गतेबाट न्यूरोडमा स्मार्ट पार्किङ सुरु गरेको हो ।
केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आज बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।
पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीको अनुसार न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली लागु गरिएको छ ।
तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रुलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।
एपबाटै ठाउँ बुक गर्न सकिने
पार्किङको लागि आफूलाई पायक पर्ने ठाउँ ‘पार्क केटिएम’ एपबाटै बुक गर्न सकिने छ । स्मार्ट पार्किङ प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने र सोहि एपबाट ठाँउ बुक गर्न सकिने छ ।
एपले पार्किङ स्पेस छ–छैन देखाउनेछ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ गर्नुपर्नेछ । बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्नेछ ।
बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुनेछ । बुकिङ गरेको समयदेखि नै पार्किङ शुल्क लाग्नेछ । बाइकका लागि एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैयाँ शुल्क लाग्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार