क्रेडिट पोर्टफोलियो २४ % ले बढेको माछापुच्छ्रे बैंकको तीन अर्बको ऋणपत्र पर्याप्त सुरक्षित
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १७:२७:५८
काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको लागि रेटिङ गराएको छ। इक्रा नेपालका अनुसार बैंकले पर्याप्त मात्रामा सुरक्षित जनाउने रेटिङ ‘‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको छ।
बैंकले १०.२५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो। तीन अर्ब रुपैयाँमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ सर्वसाधारणको लागि निष्कासन गर्नेछ।
१९ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय एकसयवटा छन्। बैंकको पूँजीकरणको अवस्था राम्रो रहेकोले ऋणपत्र पनि सुरक्षित रहेको एजेन्सीले जनाएको छ।
बैंकले भौगोलिक रुपमा आफ्ना शाखा कार्यलको विस्तार र सुरक्षित हिसावले कर्जा प्रवाह गरिरहेको रेटिङ एजेन्सीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत र सबैभन्दा धेरै ऋण लगानी भएका २० जनाको हिस्सा २२ प्रतिशत रहेको छ।
बैंकको क्रेडिट पोर्टफोलियो विगत पाँच वर्षको अवधिमा २४ प्रतिशतले बढेको छ। विगत तीन चार वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीको अन्तरले नाफा बढाउन मद्दत गरेको हो।
विगत तीन चार वर्षको अवधिमा बैंकले खुद व्याज आम्दानीमा हुने अन्तर ३.५ प्रतिशतभन्दा माथि रहेको एजेन्सीले जनाएको छ।
निक्षेपको व्याजदर उच्च हुँदा पनि निक्षेपको व्याजदर र ऋण लगानीको व्याजदर ३.५ प्रतिशत भन्दामाथि हुँदा बैंकको मुनाफा बढ्न मद्दत गरेको हो।
प्रमुख शेयरधनी महतो ग्रुपको शेयर हिस्सा २८ प्रतिशत रहेको छ। त्यस्तै केसी ग्रुपको २० प्रतिशत शेयर हिस्सा रहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार